आयोजनाको प्रतिफल
यस आयोजनाले निम्नलिखित तीन वटा प्रतिफलहरु परिलक्षित गरेको छ।
२.१ नर्सरी तथा बागवानी क्षेत्र व्यवस्थापनको लागि संस्थागत क्षमता विकास (Institutional capacity for nursery and horticulture sector management improved )
यस प्रतिफल हासील गर्न आयोजनाबाट फलफूल बालीहरुको गुणस्तरीय विरुवाहरुको सुनिश्चतताको आवश्यक पर्ने कानुनी मापदण्डहरुको तयारीका साथै संघीय, प्रादेशिक तथा नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतका आयोजना लक्षित बालीहरुसँग सम्बन्धित सरकारी फार्म/अनुसन्धान केन्द्रहरु (तालिका नं १) को संस्थागत सुधारका कृयाकलापहरु संचालन हुनेछन् ।सरकारी फार्म/अनुसन्धान केन्द्रहरुको संस्थागत सुधार अन्तर्गत सम्बन्धित फार्म/केन्द्रहरुमा भौतिक पूर्वाधारहरुको विकास, प्रयोगशालाको क्षमता सुधार, लक्षित बालीहरुका नवीन जातहरुको जर्मप्लाज्म खरिद, संरक्षण एवं विस्तार तथा बागवानी क्षेत्रमा कार्यरत प्राविधिकहरुको विशिष्टिकृत क्षमता विकासका कृयाकलापहरु संचालन हुनेछन् । साथै लक्षित फलफूल बालीहरुको गुणस्तरीय बिरुवाहरुको आपूर्ती श्रृङ्खलाको सुनिश्चितताको लागि निजि नर्सरीहरुको संस्थागत क्षमता विकासको लागि आयोजनाको स्किम ६ मार्फत पूरक अनुदान समेत प्रदान हुनेछ।
तालिका नं १ - आयोजनाबाट संस्थागत क्षमता विकासका लागि सहयोग हुने सरकारी फार्म/अनुसन्धान केन्द्रहरु
|
संघिय तहका फार्म/केन्द्रहरु |
नार्क अन्तर्गत का अनुसन्धान केन्द्रहरु |
प्रादेशिक तहका फार्म/केन्द्रहरु |
|
१. शमशितोष्ण बागवानी केन्द्र, कीर्तिपुर, काठमाण्डौं २. शितोष्ण बागवानी विकास केन्द्र, मार्फा, मुस्ताङ्ग ३. सुन्तलाजात विकास केन्द्र, तानसेन, पाल्पा
|
१. राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम, पारिपात्ले, धनकुटा २. कृषि अनुसन्धान निर्देशनालय, लुम्ले, कास्की ३. बागवानी अनुसन्धान केन्द्र, मालेपाटन ४. बागवानी अनुसन्धान केन्द्र, राजिकोट, जुम्ला ५. बागवानी अनुसन्धान केन्द्र, किमुगाउँ, दैलेख
|
१. बागवानी केन्द्र फाप्लु सोलुखुम्बु २. उपोष्ण प्रदेशीय बागवानी केन्द्र त्रिशुली, नुवाकोट ३. बागवानी विकास श्रोत केन्द्र, कास्की ४. सुख्खा फलफूल विकास केन्द्र, सतबाँझ, बैतडी
|
२.२ आयोजनाका लाभग्राही कृषकहरुको उत्पादन तथा उत्पादकत्व वृद्धी (Production and productivity of project farmers increased)
यस प्रतिफल हासिल गर्न आयोजना लागु भएका स्थानीयतहहरुका कम्तीमा ३०००० घरधुरीको प्रतक्ष्य संलग्नतामा १०००० हेक्टर क्षेत्रफल (तालिका नं. २) मा आयोजनाका लक्षित फलफूल बालीहरुको बँगैचा विकास र विस्तार तथा १०००० घरधुरीको प्रत्यक्ष संलग्नतामा १००० हेक्टर क्षेत्रफलमा तरकारी तथा अन्य बालीहरुको फार्म विस्तार गर्न आयोजनाबाट विभिन्न कृयाकलापहरु संचालन हुनेछन्। आयोजनाको कूल बजेटको करिब ५० प्रतिशत बजेट यस प्रतिफलको कार्यान्वयनको लागि व्यवस्था गरिएको छ। यस प्रतिफल प्राप्तिका लागी संचालन हुने मुख्यमुख्य कृयाकलापहरु निम्नलिखित रहेका छन्।
· आयोजना लक्षित बालीहरुको उन्नत खेति पद्दति प्रवर्द्धन, बगैंचा व्यवस्थापन, असल कृषि अभ्यास, एकीकृत रोग तथा कीरा व्यवस्थापन, उत्पादनोपरान्त प्रविधि लगायतका प्राविधिक विषयहरुमा विभिन्न विधिहरुबाट ४०००० कृषकहरुको प्राविधिक क्षमता विकास गर्ने।
· आयोजना लक्षित फलफूल बालीहरुको बगैंचा विकास तथा विस्तार गर्न इच्छुक कृषि उद्यमी, कृषि सहकारी तथा कृषक समूहहरुलाई बगैंचा विकासका लागी आयोजनाको स्किम २ मार्फत आंशिक अनुदान प्रदान गर्ने।
· स्किम २ मार्फत विकास गरिएका फलफूल बगैंचामा रोपिएका फलफूल बिरुवाहरु हुर्काएवापत कार्यविधि अनुसार प्रोत्साहन अनुदान (Plant Survival Incentive) प्रदान गर्ने,
· स्किम २ मार्फत फलफूल बँगैचा विकास तथा विस्तारको लागि लागि अनुदानग्राहीहरुलाई आवश्यक पर्ने वित्तीय पहुँच सुनिश्चितताको लागि आयोजनाको स्किम १ मार्फत ६ मिलियन अमेरिकी डलर बराबरको क्रेडिट ग्यारेन्टी फण्ड (Credit Guarantee Fund ) को स्थापना गरी सोको व्यवस्थापन गर्ने,
· तरकारी तथा अन्य बालीहरुको फार्म विकासको लागि कार्यविधि बमोजिम आंशिक अनुदान प्रदान गर्ने,
· पहाडी क्षेत्रमा बाँझो रहेका जमिनमा फलफूल बगैंचा विस्तार गरी सो मार्फत हुन सक्ने कार्बन कारोबारको सम्भावानाका लागी आवश्यक अध्ययन तथा अभिलेखीकरण प्रणाली विकास गर्ने,
· आयोजनाको Crop and Land Database System विकास गरी Customized Digital Advisory System को विकास तथा प्रयोग गर्ने।
२.३ पहाडी क्षेत्रका बागवानीजन्य उत्पादनहरुको मूल्य अभिवृद्धि (Value addition to hilly area horticulture produce enhanced )
यस प्रतिफल हासिल गर्न आयोजनाको कार्यक्षेत्रमा बागवानीजन्य उपजहरुको मूल्य शृंखलाका पात्ररुको (Actors) सहभागिताको सुनिश्चततामार्फत नाफामूलक बजारीकरण अवसरहरुको सृजना तथा उपयोगको लागि कृषि सहकारी, निजि व्यवसायी तथा सेवा प्रदायक तथा स्थानीयतहहरुलाई मूल्य श्रृङ्खला विकासका कृयाकलापहरु संचालन गर्न आयोजनाका विभिन्न स्किमहरु मार्फत आयोजनाले निम्नलिखित पूरक अनुदान तथा कृयाकलापहरु संचालन गर्नेछ।
· कृषक सहकारी तथा स्थानीय कृषक संस्थाहरुलाई व्यवसायिक योजना तयारी, असल कृषि अभ्यास, खाद्य स्वच्छता तथा अन्य मान्यताप्राप्त गुणस्तर प्रमाणीकरण पद्दतिहरुका विषयहरुमा क्षमता विकास गर्ने
· बागवानीजन्य उत्पादनका खरिदकर्ताहरु तथा उत्पादक कृषक उद्यमी, कृषक समूह तथा सहकारीहरू बिच खरिद सम्बन्धि सम्झौता (Buy back agreement) तथा सोको दिगोपनका लागी सहजीकरण गर्ने
· बागवानीजन्य वस्तुको उत्पादानोपरान्त व्यवस्थापनका लागी आवश्यक प्रविधि, पूर्वाधार तथा औजार उपकरणहरुमा अनुदान सहयोग गर्ने।
· सहकारीहरुलाई मूल्य श्रृङ्खला विकासका संरचनाहरुको विकासका लागि आयोजनाको स्किम ३ मार्फत पूरक अनुदान प्रदान गर्ने। यसरी अनुदान प्राप्त गर्ने सहकारीहरुले कार्यविधि अनुरुप स्किम २ अन्तर्गत का उत्पादकहरुसँग सहकार्यमा कार्य संचालन गर्नुपर्नेछ।
· निजि कृषि व्यवसायी तथा सेवा प्रदायकहरुलाई मूल्य श्रृङ्खला विकासका संरचनाहरुको विकासका लागि आयोजनाको स्किम ४ मार्फत पूरक अनुदान प्रदान गर्ने।
· स्थानीय तहहरुमार्फत मूल्य श्रृङ्खला विकासका संरचनाहरुको विकासका लागि आयोजनाको स्किम ५ मार्फत सहलगानी प्रदान गर्ने।